१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

दूधको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाउन प्रस्ताव


८ फागुन, काठमाडाैं । दूधको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले बढाउन उद्योगीहरूले प्रस्ताव गरेका छन्। दूधको उत्पादन र लागत खर्चका आधारमा मूल्य १० रुपैयाँ बढाउन प्रस्ताव गरेको नेपाल डेरी एसोसिएसनले जनाएको छ।

राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव गरेको जनाएकाे छ । उक्त प्रस्ताव कृषि मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पठाएपछि र मन्त्रिपरिषदबाट पारित भएपछि मात्रै कार्यान्वयनमा आउँने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १२:१०