बामदेव गाैतमलार्इ सांसद बन्न ठाउँ खाली गरिदिनेलार्इ तीन करोड !
१४ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य बामदेव गाैतमलार्इ सांसद बन्न ठाउँ खालीगरिदने सांसदलार्इ तीन करोड दिने घोषणा भएको खुलासा भएको छ । नेकपाका अध्यक्ष केपी शर्मा अोलीलार्इ काउन्टर दिन र असन्तुष्टिका नाममा देशैभर पार्टीको समानान्तर कमिटी घोषणाको तयारी गरिरहेका माधवकुमार नेपाल समूहलार्इ बलियो बनाउन गाैतमलार्इ जसरी पनि सांसद बनाउने तयारी गरिएको छ । नेकपाकै अर्क अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता गम्भीर बिरामी परेसँग राजनीतिक भन्दा बढी पारिवारिक काममा व्यस्त समेत रहन थालेपछि बामदेबलार्इ सांसद बनाउनै पर्छ भनेर लाग्ने समूहले तीन करोडको कार्ड फालेर केही सांसदसँग वार्ता गरेको दैनिकीले जानकारी पाएको छ ।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि गौतम उपनिर्वाचनमार्फत संसद्मा जान मरिहत्ते गरिरहेका छन ।निर्वाचन हारेयता गौतमले पुनः सांसद बन्नका लागि झन्डै एक दर्जन प्रयास गरेका छन्। तर उनका प्रयास भने निरन्तर असफल हुँदै गइरहेका छन् । एक दर्जन प्रयास असफल भएपछि गाैतमलार्इ सांसद बनाउन लागिपरेको समूहले नेकपाकै तीन सांसदलार्इ ठाउँ खाली गरिदिए तीन करोड दिने अावश्वासन दिएका छन ।
निर्वाचनमा पराजय भोगेपछि गौतमले सुरुमा बर्दिया २ कै माओवादी केन्द्रका सांसद सन्तकुमार थारूलाई राजीनामा गराएर संसद बन्ने प्रयास गरेका थिए। त्यसपछि उनले दाहालकै सहयोगमा पूर्वी रुकुममा कमला रोकालाई राजीनामा गराएर सांसद बन्न खोजेका थिए तर उनको त्यो प्रयास पनि असफल भयो। गौतम निर्वाचनमा पराजित भएपछि दैलेखका सांसद रविन्द्रराज शर्माले ठट्टा गदै आफूले ठाउँ छाड्दिने भनेका थिए। वामदेवले भने उक्त कुरालाई साच्चिकै भनेर शर्माको ठाउँमा आफू सांसद बन्ने प्रस्ताव पार्टीमा ल्याएका थिए । पछि शर्माले ठट्टा मात्र गरेको भनेपछि वामदेवको सांसद बन्ने चाहनामा धक्का लाग्यो।
दैलेखमा पनि धोका खाएपछि गौतमले डोल्पाका सांसद तथा हाल राज्यमन्त्रीसमेत रहेका धनबहादुर बूढालाई राजीनामा गराएर सांसद उठ्ने तयारी गरेका थिए । बूढा सुरुमा गौतमलाई सांसद पद छाड्न तयार भए पनि उनी मतदाताको विचार बुझ्न जिल्ला जाँदा पार्टी जिल्ला समितिले पार्टी केन्द्रको सहमतिबिना राजीनामा नदिन लिखितरूपमा सचेत गरायो । वामदेवले आफू सांसद बन्नका लागि नवलपुर २ का सांसद तिलक महतसमक्ष पनि अप्रत्यक्षरूपमा प्रस्ताव गरेका थिए । महतले पनि गौतमको प्रस्ताव अस्वीकार गरेका थिए।
त्यसपछि गौतमको नजर आफ्नै जन्मथलो प्यूठानमा परेको थियो। त्यहाँबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई राजीनामा गराएर गौतमले चुनाव लड्न चाहेका थिए। त्यो प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले लिखित रूपमै अस्वीकृत गरिदियो। वामदेव गौतमले ललितपुर १ का सांसद नवराज सिलवालाई पनि राजीनामा दिन दबाब दिएका थिए तर सिलवालले छाड्न चाहेनन् । अन्तिममा गौतमले बाँके ३ का सांसद नन्दलाल रोकायलाई राजीनामा दिन दबाब दिएका थिए। तर रोकायले भने पार्टी नेतृत्वले सामूहिक निर्णय नगरेसम्म आफूले पद नछाड्ने सार्वजनिक रूपमै बताइसकेका छन ।
नेकपाको माधव नेपाल निकट रहेका एक जना स्थायी समिति सदस्यका अनुसार यी सबै प्रयास असफल भएपछि गाैतमलार्इ सांसद बनाउन लागि परेको समूहले सुदूरपिश्चमिका एक सांसद, कर्णाली प्रदेशका एक सांसद र तीन प्रदेशका एक सांसदलार्इ तीन करोडको अाश्वास दिएर सांसदबाट राजिनामा गराउने पहल भैरहेको बताए । उनले ती सांसदहरू को को हुन र कुन जिल्लाको हुन भन्ने पनि खुलाउन चाहेनन । बरू उनले गौतमले आफू निर्वाचनमा पराजित भएपछि झलनाथ खनाललाई राष्ट्रपति बनाएर इलामबाट निर्वाचन लड्न खोजेको समेत अाफूलार्इ जानकारी भएको बताए ।
प्रकाशित मिति : १४ आश्विन २०७५, आईतवार ११:४३