१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

ओम मेगाश्री फर्मास्युटिकल्सले बाेलायाे वार्षिक साधारणसभा

७ फागुन, काठमाडाैं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीकाे माघ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत ४ गते वार्षिक साधारणसभा चितवन उद्योग परिसरमा विहान ११ बजेदेखि सुरू हुने छ ।

सभाले जारी पुँजीको २२.२३ प्रतिशतले हुन आउने आईपीओ जारी गर्न नियामक निकायमा धितोपत्र दर्ता गरी स्वीकृति लिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। आईपीओ बिक्रीबाट प्राप्त रकमको उपयोग गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार १२:१२