१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

लाभांश पारित गर्न छिमेक लघुवित्तले बाेलायाे साधारणसभा, बुकक्लाेज कहिले ?


७ फागुन, काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीकाे फागुन ४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे एक्काइसाैँ वार्षिक साधारणसभा चैत्र १० गते, शुक्रबार, हेटाैँडा-४ मकवानपुरस्थित हाेटल सामनामा बिहान ११ बजेदेखि सुरू हुने छ ।

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कम्पनीले फागुन २५ गतेदेखि चैत्र १० गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । यसकाे अर्थ फागुन २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार १०:४४