७ असार २०८१, शुक्रबार | Sat Jun 22 2024

ल्होत्से मलमा मोबाइल लुट्ने नुवाकाेटका सरोज पौडेल पक्राउ


५ फागुन, काठमाडौं । प्रहरीले ल्होत्से मलमा भएको लुटपाटमा संलग्न भएको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-४ बारपाटे स्थायी घर भई हाल काठमाडाैंकाे नेपालटार बस्‍ने २९ वर्षीय सरोज पौडेल रहेका छन् ।

यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बालाजु बसपार्कबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि चोरी सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत महाराजगञ्ज पठाएको प्रहरीले छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १७:३९