११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

नेप्सेमा थप ५ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहाेस् कुनको कति ?

५ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा याे साता विभिन्न ५ कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे हाे । नेप्सेमा राधी विद्युत कम्पनी लिमिटेड, हिमालयन बैंक लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक र हिमालयन डिष्टीलरीको बोनस सेयर सूचीकृत भएको छ ।

१) हिमालयन बैंक लिमिटेड

नेप्सेमा हिमालयन बैंक लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे एक कराेड ३ लाख ७४ हजार ९ सय ८० दशमलव ५८ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

२) राधी विद्युत कम्पनी लिमिटेड

नेप्सेमा राधी विद्युत कम्पनी लिमिटेडकाे ४.७५ प्रतिशत बोनस बापतको ७ लाख ५९ हजार ९ सय ९० दशमलव ८४२ कित्ता सेयर सूचिकृत भएको हो ।

३) नेशनल लाइफ इन्स्योरेन्स

नेप्सेमा नेशनल लाइफ कम्पनीको १५ प्रतिशत बोनस बापतको ६० लाख ५२ हजार ७३७.२३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

४) ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस बापतको ७१ लाख ३८ हजार ७२६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । ग्लोबल आइएमई बैंकले मंसिर २३ गते सम्पन्न साधारण सभाबाट पारित ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

५) हिमालयन डिष्टीलरी लिमिटेड

कम्पनीको ६० प्रतिशत बोनस बापतको ९१ लाख १० हजार ८७४.९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । यी ५ वटा कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १६:३९