२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

आईपीओ निष्काशनको अनुमति माग्दै माथिल्लो मैलुङ्ग खोलाले धितोपत्र बोर्डमा दियाे निवेदन

५ फागुन, काठमाडाैं । माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणको लागि २५ करोड रुपैयाँ बराबरको २५ कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति माग्दै फागुन ३ गते बोर्डमा बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले रसुवा जिल्लाको उत्तरगया गाँउपालिकाको वडा नम्बर १ मा १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ्ग खोला जलविद्युत आयोजना निमार्ण गर्दैछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १४:४७