१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नेसनल माइक्रोफाइनान्सको २१ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

५ फागुन, काठमाडाैं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विभिन्न सेयरधनीकाे नाममा रहेकाे संस्थापक सेयर बिक्रीमा राखेकाे छ । ३ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकाे हुनाले उक्त सेयर बिक्रीमा राखिएकाे कम्पनीले जनाएकाे छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ११५ रुपैयाँ तोकिएको छ ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले फागुन ५ गतेबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय निलकण्ठ–३ , धादिङबेसी, धादिङमा आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।

ताेकिएकाे समय अवधिभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै पनि निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण र संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ११:२५