१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

सुपरमाई हाइड्रोको आईपीओ बाँडफाँड: कतिले पाए सेयर ? यसरी हेर्नुहाेस् नतिजा

५ फागुन, काठमाडाैं । सुपर माई हाइड्रोपावर लिमिटेडको आईपीओ आज फागुन ५ गते शुक्रबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँड गरिएको हो। कम्पनीले माघ २३ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीको आईपीओमा कुल १३ लाख २२ हजार ४ सय ९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताको लागि आवेदन परेको थियो । जसमा १३ लाख १८ हजार ३२० आवेदकबाट परेको १ करोड ४२ लाख ७२ हजार ९७० कित्ता सेयर सदर भएको र ४ हजार १७२ आवेदकबाट परेको ५४ हजार ९५० कित्ता सेयर बदर भएको  क्यापिटलले जनाएकाे छ । मागभन्दा बढी आवेदक परेका कारणले आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा ४१ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। भने बाँकी १२ लाख ७६ हजार ८२० आवेदकको हात खाली भएको छ।

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। नतिजा प्रकाशन भएपछिबिक्रि बिक्री प्रबन्धको वेबसाइट  https://www.sanima.capital/  मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login

 सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/ वेबसाइटबाट नतिजा हेर्न सकिने छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १०:२२