२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सुपरमाई हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

५ फागुन, काठमाडाैं । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आज फागुन ५ गते, शुक्रबार बाँडफाँड हुने भएको हो। आइपीओ बाँडफाँड बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा शुक्रबार बिहान १० बजे हुने छ ।

सिडीएसका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट १ अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीकाे आइपीओमा माग भन्दा बढी आवेदन परेकोकाे हुनाले गाेलाप्रथाबाट बाँडफाँड हुने छ । गाेलाप्रथाबाट बाँडफाँड हुँदा ४१ हजार ५०० जनाले मात्रै सेयर पाउनेछन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ०९:३६