२ पुष २०८२, बुधबार | Wed Dec 17 2025

नेप्सेमा २ कम्पनीकाे सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

५ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा महिला लघुवित्त वित्तिय संस्था लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीले बोनस सेयर वितरणका लागि बुक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

१) मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ९ सय २१ रूपैयाँ ७४ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ६० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

२) महिला लघुवित्त वित्तिय संस्था लिमिटेड

नेप्सेले महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको ४७.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २ हजार ७ सय ६५ रूपैयाँ ४२ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ४ हजार ७९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यको आधारमाआइतबारदेखि यी कम्पनीहरूकाे काराेबार खुला हुनेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ०९:२४