१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

चियापानको नाममा गुटको भेला गर्ने माधव नेपाललार्इ अर्को झड्का, तेस्रो वरियता खोस्न माग

१३ असोज, काठमाडाैँ । शुक्रबार चियापानको नाममा गुटको भेला अायोजना गरेर नेकपाका अध्यक्षद्धय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डको विरूद्धमा चर्को कुण्ठा पोखेका वरिष्ठ नेता माधवकुमार नेपालको तेस्रो वरियाता नै खोसिनुपर्ने अावाज उठेको छ । विगतदेखिनै अाफ्नो प्रशंशा कसैले नगरिदिँदा कुण्ठा पोख्ने बानी परेका माधव नेपालले केहीदिन अघि संसद बैठकमा समेत पार्टी र सरकारका विरूद्धमा विष वमन गरेका थिए ।

पार्टीका दुबै अध्यक्ष विदेश भ्रमणमा जाँदा समेत अाफूले कार्यबहाक अध्यक्षको जिम्मेवारी नपाएपछि नयाँ बानेश्वरकाे एउटा होटलमा गुटको भेला गराएर बिधीको नाममा उनले पार्टी नेतृत्वको अालोचना गरेका थिए । उनको जतिसुकै बिधिको कुरा गरेपनि उनको भनाइको भावबाट केही बुझिन्थ्यो भन्दा उनी कार्यबाहक अध्यक्ष बन्न नपाउँदा असन्तुष्ट बनेका थिए । नेपलाको भेलामा सहभागी भएका एक नेताले दैनिकीसँग भने ‘कहिल्यै बिधि नमान्ने र अराैटे भराैँटेका लागिमात्र काम गर्ने अनि फेरि अरूले बिधि मानेन भनेर कुण्ठा पोख्ने उहाँको पुरानै बानी हो अहिले पनि त्यस्तै गर्नुभो’ उनले थपे ‘यदि माधव नेपालले चाहिँ बिधि मान्ने थिए भने झलनाथ खनालले पाउने तेस्रो वरियता किन लुटे ? अनि उनको गुट पुरै धानिदिने योगेश भट्टरार्इ जस्ता नेतालार्इ सरकारमा सहभागी गराउने समयमा किन अाफ्नो कोटामा पारेनन् ?’  भेलामा चिया खान गए पनि अब उनको पक्षमा खुलेर लाग्न नसकिने भन्दै उनले अाक्रोश पोखे ।

केपी अोली निकटका अर्का एक केन्द्रीय सदस्यले दैनिकीसँग कुरा गर्दै भने ‘यदि माधव नेपालले बिधिको करा गर्छन भने झलनाथ खनालार्इ तल खसाल्दै अपमान गरेकोमा माफी मागेर वरिष्ठ नेता पदमा उनैलार्इ ससम्मान स्थापित गराउनुपर्छ ।’  जे होस  नेपालले चियापानको नाममा शुक्रवार आयोजना गरेको भेलाले नेकपाभित्र तरंग ल्याएको छ । नेता नेपालले दुवै अध्यक्षको कार्यशैली र निर्णय गर्ने बिधि अनुचित रहेको भन्दै प्रतिवाद गर्ने योजना बनाउन नेपालले भेला बोलाएकाे स्पष्ट छ । त्यसो त उनले अाफ्नो निकट भनेर गुट चलाइरहेका नेताहरूले केही महिना अघिदेखिन नै त्यसको तयारी गर्दै अाएका छन । 

नेपालले चियापानका नाममा बोलाएको भेलामा वरिष्ठ नेता झलनाथ खनालदेखि अध्यक्ष ओली र दाहालका हार्डकोर समुह सहभागी भएन । ओली निकट सुवास नेम्वांग हार्न र टार्न नसकेर भेलामा सहभागी भएका थिए । बामदेव गौतमले गुट परिवर्तन गरी नेपाल क्याम्पमा पुगेको संकेत दिनुभएको छ । तात्कालिन एमालेको नेपाल समुहमा रहेका अधिकांश नेता सहभागी सो भेलामा नेपालले ओली र दाहालमाथि चर्को आलोचना गरे ।

नेपाल पक्षले पछिल्लो समय नेपालले सरकारबिरुद्ध निकै खेलेको भन्दै ओली पक्षले अव प्रतिकारमा उत्रने रणनीतिसमेत बनाएको छ । हिजोको भेलामा नजाने स्थायी कमिटी नेताहरुले यस्तो तयारी गरेका हुन । ओली निकट नेता डा. राजन भट्टराईले सामाजिक सञ्जालमार्फत नै नेपालको काउन्टर हुने प्रष्ट संकेत फेसबुक मार्फत दिएका छन ।

 नेपाललाई काउन्टर दिँदै सामाजिक सञ्जालमा भट्टराईले लेख्नुभयो, सामाजिक क्षेत्रमा देखापरेका समस्या र विकास निर्माणले चाहेजती गति लिन सकेन भन्ने नाममा सरकारको विकल्प र अझ कतिपयको वैकल्पिक राजनीतिको खोजी धमिलो पानीमा माछा मार्न खोजेको भन्दा बढी के होला र ?’ अोली निकटका एक नेताले फेसकबुमा स्टाटस लेख्दै नेपाललार्इ कालीदासको संज्ञा दिएका छन ।

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार १९:५०