कहिले हुन्छ सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँड ?
३ फागुन, काठमाडाैं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) यही साता बाँडफाँड हुने भएकाे छ । कम्पनीले माघ २३ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे थियाे ।शुक्रबार भित्र आईपीओ बाँडफाँडको तयारी रहेकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएकाे छ ।
अन्तिम दिनसम्म कम्पनीको आईपीओ १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट १ अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ता सेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन भन्दा ३७.१२ गुणा बढी हाे । कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेकाे हुनाले याे कम्पनीकाे आईपीओ पनि गाेलाप्रथाबाट बाँडफाँड हुने छ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ४१ हजार ५०० जनाले मात्रै १० कित्ताको दरले सेयर पाउनेछन् ।
प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १५:५०












