२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

सेयर बजारमा १३.९० अकंकाे गिरावट, १ अर्ब ७३ करोड २५ लाखकाे काराेबार

३ फागुन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १३.९० अकंले घटेर २०९१.५६ बिन्दुमा बन्द भएको छ । आज २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँको कारोबार भएको छ ।

आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ६ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोछ । आज कारोबार भएका कम्पनीमध्ये ३७ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १७६ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १५:२३