२ पुष २०८२, बुधबार | Wed Dec 17 2025

छुट्ला है ! २ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

३ फागुन, काठमाडाैं । विभिन्न २ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र अपि पावर कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (फागुन ३ गते) अन्तिम दिन रहेको हाे । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले फागुन ४ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

१) उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चौँथो वार्षिक साधारण सभा फागुन १८ गते, बिहीबार बैजनाथ १, गाभर भ्याली (सामुदायिक होमस्टे), बाँकेमा बाेलाएकाे छ । सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

२) अपि पावर कम्पनी लिमिटेड

अपि पावर कम्पनी लिमिटेडले १९ औँ बार्षिक साधारणसभा फागुन १४ गते मैत्रहल, बानेश्वर ब्याङ्क्वेट थापागाँउ,काठमाडौंमा बिहान ११ बजे बाेलाएकाे छ । सभाले गत आर्थिक वर्षकाे मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार ०९:२६