भाडामा विद्यार्थीले पाउने ४५% सहुलियत पूर्ण कार्यान्वयन गर्ने यातायातमन्त्रीको प्रतिवद्धता
१३ असोज, काठमाडाैँ । भौतिक पुर्बाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भाडा वृद्धिमा पुनर्विचार र ४५% विद्यार्थी सहुलियत पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
शनिबार बिहान अनेरास्ववियु पशुपति क्याम्पस कमिटीको ज्ञापनपत्र बुझ्नदै मन्त्री महासेठले यातायातमा भएको १०% भाडा वृद्धिमा पुर्नविचार हुने बताए । त्यस्तै उनले अनेरास्ववियुको माग अनुसार विद्यार्थी सहुलियत पूर्ण कार्यान्वयन गराउने बताए ।
उनले त्यसका लागि केहीदिनमा परिपत्र गराएर सम्पूर्ण रूटमा कडार्इका साथ विद्यार्थी सहुलियत उपलब्ध गराउने बताएका थिए । ज्ञापनपत्र बुझाउने क्रममा अनेरास्ववियुका सचिव सुदेश पराजुली पनिसँगै रहेका थिए । उनले मन्त्रीले प्रतिवद्धा जनाए अनुसार काम गर्ने अाशा र विश्वास रहेको बताए ।
प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार १७:४९