२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

समृद्धि फाइनान्सको मोबाइल बैंकिङ सेवामा परिवर्तन

२ फागुन, काठमाडाैं । समृद्धि फाइनान्सले साविकमा ग्राहकलाई प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाई एफवान सफ्ट इन्टरनेसनल प्रालिको बैंकस्मार्ट मोवाइल बैंकिङमा परिवर्तन गरेको छ।

अब फाइनान्सका ग्राहकले मोबाइल बैंकिङबाट एनसीएचएलको नेपालपे क्यूआर मर्चेन्टका साथै फोनपेको क्यूआर मर्चेन्टहरुमा पनि भुक्तानी गर्न सक्ने छन् भने फाइनान्सले ग्राहकलाई फोनपेको क्यूआर मर्चेन्ट बनाउन पनि सक्ने भएको छ।

समृद्धि फाइनान्सले हाल ८ वटा शाखाहरुमार्फत आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाहरु पनि प्रदान गरिरहेको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १७:१२