७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

कुशल भुर्तेलकाे शतकमा नामिबियाबिरूद्ध नेपालको शानदार जित

२ फागुन, काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबियाविरुद्ध नेपालले शानदार जित निकालेको छ ।काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओपनर कुशल भुर्तेलको शतक प्रहारमा नामिबियालाई दुई विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको २८६ रनको चुनौती नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर १४ बल बाँकी छँदै भेट्याएको हो । यसका लागि कुशल भुर्तेलले १३३ बलमा ४ छक्का र १० चौका प्रहार गर्दै ११५ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको थियो । नाामिबियाले माइकल भान लिगेनको १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो ।

नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १७:०९