अष्ट्रेलियाको राजधानीमा ओएनएफको नयाँ कमिटी, अध्यक्षमा अभिषेक उप्रेती
२ फागुन, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियन क्यापिटल टेरोटेरीको कमिटी पुनर्गठन गरिएको छ । पुनर्गठित कमिटीको अध्यक्षमा अभिषेक उप्रेती चयन भएका छन् ।
सोमवार आयोजित भेलाले अध्यक्ष उप्रेती सहित उपाध्यक्ष बासु चापागाई, सचिव बाबुराम शर्मा, आर्थिक विभाग प्रमुख राजिप सापकोटा र सदस्यहरुमा सबिता दवाडी, शिव वस्याल, योगेश सिटौला, सञ्जय अर्याल, सुमन बर्तौला, सुवास सुवेदी, बुद्ध लामालाई चयन गरेको ओएनएफ अष्ट्रेलियाका सदस्य तथा क्यापिटल टेरोटेरीका ईन्चार्ज किशोर भण्डारीले बताएका छन् । भण्डारी उप सचिव पदमा समावेशी अवधारणा अनुसार आगामी बैठकबाट मञ्चका सक्रिय महिला सदस्यहरु मध्येबाट चयन गरिने बताए ।

भेलामा प्रमुख अतिथि तथा ओएनएफ आईसिसी सदस्य सिसिर नेपाल, ओएनएफ अष्ट्रेलिया अध्यक्ष केशव जोशी, उपाध्यक्ष राम घिमिरे, सचिव प्रकाश पन्थी, आर्थिक विभाग प्रमुख दिपक पहारी, क्यापिटल टेरोटेरी इन्चार्ज किशोर भण्डारी, प्रवासी नेपाली युवा मञ्च अष्ट्रेलियका उपाध्यक्ष प्रकाश सुवेदीले नव गठित कमिटीलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : February 14, 2023 at 4:07 pm









