१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले बाेलायाे वार्षिक साधारणसभा

२ फागुन, काठमाडाैं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा बाेलाएकाे छ ।  बैंक सञ्चालक समितिको बैठकले यही फागुन २२ गते फागुन २२ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

साधारणसभा पर्साको वीरगन्जस्थित बैंकको प्रधान कार्यालयमा सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित वितरणयोग्य मुनाफा र वितरणयोग्य अन्य कोषहरुबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५० करोड रुपैयाँको कुल ५.२६ प्रतिशतले हुन आउने २ करोड ६३ लाख १५ हजार ७८९.४७ रुपैयाँबराबरको लाभांश पारित गर्नेछ।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने २ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशतले हुन आउने १३ लाख १५ हजार ७८९.४७ रुपैयाँबराबरको नगद लाभांश छन्। बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, संस्थापक र सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिको सदस्यको मनोनयन वा निर्वाचन सभाले गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले फागुन १० गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै बैंकले दिने लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार ११:२७