१८ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक,बोलकबोल आज
२ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (फागुन २ गते) १८ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले आज जारी गर्ने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। यसअघि यी ट्रेजरी बिलको बोलकबोल फागुन १ गते गर्ने भनिएकोमा साे दिन सरकारले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएकोले बोलकबोलको मिति आज सारिएको हो।
राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्ने छ । उक्त ट्रेजरी बिल फागुन ३० गते परिपक्व हुनेछ । त्यस्तै, बैंकले ९१ दिनका लागि ७ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्ने छ । याे ट्रेजरी बिल २०८० वैशाख जेठ २ गते परिपक्व हुनेछ । साथै, बैंकले १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ। याे ट्रेजरी बिल २०८० साउन ३० गते परिपक्व हुनेछन्।
यी ट्रेजरी बिलका आज दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १०:१५












