२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

नेप्सेमा २ लघुवित्तको सेयरमूल्य समायोजन

२ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेमा इन्फिनिटी लघुवित्त र निर्धन उत्थान लघुवित्तको सेयर मूल्य समायोजन भएकाे हाे ।

निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८३४ रूपैयाँ ४५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ९९३ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

इन्फिनिटी लघुवित्तको २० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८३१ रूपैयाँ ६७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ९९८ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा यी २ कम्पनीकाे सेयरबजारमा कारोबार खुल्ने छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार ०९:४५