महिलाले सञ्चालन गरेका उद्योगलाई अव सरकारले सुलभ ऋण उपलब्ध गराउने
१३ असाेज, काठमाडौँ । महिलाले सञ्चालन गरेका उद्योगलाई अव सरकारले सुलभ ऋण उपलब्ध गराउने भएकाे छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले महिलाले सञ्चालन गरेका उद्योगलाई सरकारले सुलभ ऋण उपलब्ध गराउने बताएकी छिन् ।
महिला उद्यमीहरुको ललितपुरमा शनिबार आयोजित एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले महिलाले संचालन गरेका उद्योगलाई प्रोत्साहन गर्ने र सुलभ व्याजमा ऋण उपलब्ध गराउने नीति सरकारले लिएको बताएकी हुन् ।
महिला उद्यमशिलताको विकास गर्न महिला उद्यमीको विकास र प्रवद्र्धनका लागि प्राविधिक तालिम, सुलभ व्याजको ऋण लगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने नीति लिएकाले महिला उद्यमशिलताको विकास गर्न सकिनेमा सरकार दृढ रहेको मन्त्री थापाले बताइन् ।
प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार १५:५६