५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

राष्ट्रपतिको सवारीको क्रममा चिकित्सकलाई कुटपिट गर्ने प्रहरी निलम्बित

२८ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन ।

सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निलम्बन गरेको हो।

प्रकाशित मिति : 16:15