८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

कृषि विकास बैंक बाहेकका अन्य वाणिज्य बैंकले पनि ‘कृषि ऋणपत्र’ जारी गर्न पाउने

२७ माघ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले  नयाँ नीतिगत व्यवस्था मार्फत कृषि विकास बैंक बाहेकका अन्य वाणिज्य बैंकले पनि ‘कृषि ऋणपत्र’ जारी गर्न पाउने नीति ल्याएको छ । राष्ट्र बैंकले बिहीबार  “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै केही नयाँ व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले इ.प्रा.नि. नं. १६/०७८ बुँदा नं. ५ को उपबुँदा (५)मा संशोधन गर्दै कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन उक्त क्षेत्रमा लगानीको अनुभव हासिल गरेका वाणिज्य बैंकहरुले सम्बन्धित निकायबाट स्वीकृति लिई कृषि ऋणपत्र (Agricultural Bond) जारी गर्न सक्ने व्यवस्था गरेको हो ।

यसअघि केन्द्रीय बैंकको एकीकृत निर्देशनमा कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन कृषि विकास बैंकले मात्र सम्बन्धित निकायबाट स्वीकृति लिई कृषि ऋणपत्र (Agricultural Bond)  जारी गर्न सक्ने व्यस्था रहेको थियो ।

यो पनि पढ्नुहोस्

राष्ट्र बैंकको नयाँ नीतिः ऋण नतिर्ने व्यक्तिको सक्कली तस्बिर बैंकले सार्वजनिक गर्न नपाउने

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार ०९:४४