सर्वसाधारणका लागि एशियन हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?
२७ माघ, काठमाडाैं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ २७ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेकाे छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ८४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्तामध्येकाे १० प्रतिशत अर्थात ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, ४२ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १६ हजार ८०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ६ लाख ९७ हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि छिटोमा फागुन २ गतेसम्म र ढीलोमा फागुन १२ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार ०८:५६












