२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

२६ माघ, काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

आज दिउँसाे सिं‌हदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ। भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएकाे छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ। साे बैठकअघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली सिं‌हदरबार पुगेका हुन् । एमाले अध्यक्ष ओली उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक छन्। उक्त संयन्त्रमा सत्ता साझेदार ७ दलका शीर्ष नेताहरू छन्।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १६:२३