दोहोरो अकंले बढ्याे सेयर बजार, २ अर्ब ६ करोडकाे काराेबार
२६ माघ, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा सुधार देखिएकाे छ । साताको चौथो काराेबारकाे दिन सामान्य ओरालो लागेकाे बजारमा आज भने दोहोरो अकंले बढ्न पुगेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.४३ अकंले बढेर २१८२.६१ बिन्दुमा बन्द भएको छ ।
आज २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँको कारोबार भएको छ । बिहीबार अपि पावर कम्पनीको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ५ करोड ८६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । यस दिन बाराही हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १५:२५












