२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

तपाईंकाे खातामा आयो त ५.२० प्रतिशत नगद लाभांश ?

२६ माघ, काठमाडाैं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले खातामा नगद लाभांश जम्मा गर्न सुरू गरेकाे छ । कम्पनीकाे गत पुस २९ गते सम्पन्न भएकाे २८ औँ वार्षिक साधारण सभाले ५.२० प्रतिशत नगद लाभांश पारित गरेकाे थियाे । साेही ५.२० प्रतिशत नगद लाभांश सम्बन्धितकाे खातामा जम्मा गरिएकाे हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुकक्लोज गरेकाे थियाे । त्यसैले, पुस १८ गतेसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा उल्लेख बैंक खाता माघ ५ गते देखिनै उक्त नगद लाभांश वितरण सुरु गरेको कम्पनीले जनाएकाे छ ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयर नगद लाभांश बैंक खाता अद्यावधिक पछि मात्र वितरण हुने कम्पनीले जनाएकाे छ। साथै बुकक्लोजको अघिल्लो दिनसम्म आफ्नो सेयर धितो राखी कर्जा लिएका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गरेपछि मात्र नगद लाभांश प्राप्त हुने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १५:०२