५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

नेपाली सेनाको “सफाहिमालअभियान २०२३” मा सुर्य नेपालको सहयोग

२६ माघ, काठमाडौं। जैविक विविधता,प्रकृती तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाले “सफा हिमाल अभियान २०२३”संचालन गर्न गईरहेको छ । सो अभियान अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमालहरु (अन्न्पूर्ण र लोत्से) को सफाई गर्ने उद्देश्य रहेको छ । सो अभियानमा सूर्य नेपाल प्रा .लि ले नेपाली सेना र गैर सरकारी संस्था“सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल”सँग साझेदारी गरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रु १ करोड १० लाख उक्त अभियान सम्पन्न गर्न सहयोग गर्ने भएको छ ।

मंगलवार एक कार्यक्रमका बीच नेपाली सेना, सुर्य नेपाल प्रा लि र “सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल” बिच “सफा हिमाल अभियान २०२३”लाई सहयोग गर्ने सम्बन्धमा त्रीपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको हाे । कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुन्दर कुमार पाण्डे, प्रमुख सेनानी किसोर अधिकारि, “सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल”का आनन्द मिश्रा,सूर्य नेपाल प्रा लिका प्रबन्धनिर्देशक रवी के रायवरम र प्रवन्धक प्रेम नारायण अर्यालको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 10:09