२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

नेपाली सेनाको “सफाहिमालअभियान २०२३” मा सुर्य नेपालको सहयोग


२६ माघ, काठमाडौं। जैविक विविधता,प्रकृती तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाले “सफा हिमाल अभियान २०२३”संचालन गर्न गईरहेको छ । सो अभियान अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमालहरु (अन्न्पूर्ण र लोत्से) को सफाई गर्ने उद्देश्य रहेको छ । सो अभियानमा सूर्य नेपाल प्रा .लि ले नेपाली सेना र गैर सरकारी संस्था“सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल”सँग साझेदारी गरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रु १ करोड १० लाख उक्त अभियान सम्पन्न गर्न सहयोग गर्ने भएको छ ।

मंगलवार एक कार्यक्रमका बीच नेपाली सेना, सुर्य नेपाल प्रा लि र “सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल” बिच “सफा हिमाल अभियान २०२३”लाई सहयोग गर्ने सम्बन्धमा त्रीपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको हाे । कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुन्दर कुमार पाण्डे, प्रमुख सेनानी किसोर अधिकारि, “सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल”का आनन्द मिश्रा,सूर्य नेपाल प्रा लिका प्रबन्धनिर्देशक रवी के रायवरम र प्रवन्धक प्रेम नारायण अर्यालको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १०:०९