१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

छुट्ला है ! ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२६ माघ, काठमाडाैं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज माघ २६ गते बिहीबार अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले भोली बुकक्लोज गर्दैछ भने ज्योति विकास बैंकले माघ २९ गते बुकक्लोज गर्दैछ।

यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यी कम्पनीहरुको साधारण सभामा सहभागि हुा तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

१) लुम्बिनी जनरल इन्स्योरेन्स

लुम्बिनी जनरल इन्स्योरेन्सले फागुन ११ गते बिहीबार, बिहान १० बजे, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान काठमाडौंमा १८ औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ६.९९ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

२) सगरमाथा इन्स्योरेन्स

सगरमाथा इन्स्योरेन्सले फागुन ११ गते बिहीबार, बिहान १० बजे, लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा २६ औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट १२.४० प्रतिशतले बोनस र कर प्रयोजनको लागि ०.६५२६ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

३) ज्योति विकास बैंक

ज्योति विकास बैंकले फागुन १४ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौँमा पन्ध्रौँ वार्षिक साधारण सभा बाेलाइकाे छ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ३.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार ०९:४५