६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

२६ माघ, काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहिबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ। बिहिबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ७० पैसा र बिक्रीदर १३२ रूपैयाँ ३० पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिदमूल्य १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसामा कारोबार भएको थियो।

युरोपियन युरो आज एकको खरिद मूल्य १४१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४२ रूपैयाँ ६ पैसा कायम गरिएको छ। बुधबार यसको खरिददर १४१ रूपैयाँ ४६ पैसा र बिक्रीमा १४२ रूपैयाँ ११ पैसामा कारोबार भएको थियो ।

यस्तै, बिहिबार बेलायती पाउण्डको खरिददर १५९ रूपैयाँ २५ पैसा र बिक्रीदर १५९ रूपैयाँ ९८ पैसा तोकिएको छ। यस अघि बुधबार यसको खरिददर १५८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रूपैयाँ ८ पैसा तोकिएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रूपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रूपैयाँ २५ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर ९१ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।

बिहिबारका लागि क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ४३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८८ पैसा तोकिएको छ। यसैयरी कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ २९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीदर भने ३६ रूपैयाँ २ पैसा छ। मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ६४ पैसा र बिक्रिदर भने मा ३० रूपैयाँ ७८ पैसा छ। यस्तै, कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ९७ पैसा र बिक्रीदर भने ४३२ रूपैयाँ ९३ पैसा छ।यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९८ पैसा तोकिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार ०९:२४