सेयर बरजारमा झिनो अंकको गिरावट, ३ अर्ब ६९ करोडकाे काराेबार
२५ माघ, काठमाडाैं । साताको चौथो काराेबारकाे दिन बुधबार सेयर बरजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से यस दिन भने झिनो अंकले घट्न पुगेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले घटेर २१७०.२१ बिन्दुमा बन्द भएको छ । आज १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँको कारोबार भएको छ । आज काराेबार भएका १३ उपसमूहमध्ये अन्य बाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेकाे छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ११ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सेयर बजारमा गिरावट आउँदा तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएको छ । यस दिन आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।
प्रकाशित मिति : २५ माघ २०७९, बुधबार १५:१८












