१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

नेपाल र मलेसियाबीच कामदार आपूर्तिमा भएको सहमति दुबै देशका लागि सुखदः मन्त्री विष्ट

१२ असोज, काठमाडाैँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल र मलेसियाको वार्ता टोलीबीच भएको श्रमसम्बन्धी एमअोयुको सन्दर्भमा भएको सहमति दुबै देशका लागि सकारात्मक र सुखद रहेको छ बताएका छन । सहमतिपछि समाजिक सञ्जाल फेसबुक मार्फत मन्त्री विष्टले यस्तो प्रतिक्रिया दिएका हुन । सहमतिप्रति धेरैले खुशी व्यक्त गरेका छन । नेपाल र मलेसियाबीचको १७ वर्षको श्रम सम्बन्धमा यो ऐतिहासिक कदम हो भने बाध्यताले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको पक्षमा मन्त्री विष्टको चुनौतीपूर्ण निर्णय र अडान सफल पनि हो ।

योसँगै मलेसियामा नेपाली श्रमिकका लागि चार महिनादेखि रोकिएको रोजगारी खुल्ने निश्चित भएको छ। नेपाल र  मलेसियाबीच कामदार आपूर्तिका विषयमा गरिने समझदारीपत्र (एमओयु) का सम्बन्धमा सहमति जुटेपछि  रोजगारी खुल्ने निश्चित भएको हो । मलेसिया जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता र कम्पनीले नै व्यहोर्ने गरी सहमति जुटेको मलेसियाका लागि नेपाली कार्यवाहक राजदुत कुमारराज खरेलले बताए । दुई देशका प्रतिनिधिबीच क्वालालम्पुरमा भएको छलफलमा यस्तो सहमति जुटेको हाे।

नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन शुक्रबार नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीहरूबीच छलफल भएको थियो। नेपाल र मलेसिया दुई पक्षले आ–आफ्नो तर्फबाट तयारी पूरा गरेपछि कुटनीतिक माध्यमबाट मस्यौदामा हस्ताक्षर गर्ने मिति तय हुनेछ।

मन्त्री विष्टले फेसबुकमा दिएको प्रतिक्रिया

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार २१:५४