कति पाउला सुपर मादी हाइड्रोको आईपीओले ओपनिङ्ग रेञ्ज ?
२५ माघ, काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडकाे आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीले माघ ९ गतेदेखि माघ १२ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड माघ २३ गते सम्पन्न भइसकेकाे छ ।
यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको चासाेकाे बिषय बनेकाे छ । कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासो लाग्नु स्वभाविक पनि हाे । अहिले यस्तै चासोको बिषयमा रहको छ सुपर मादी हाइड्रोपावर लिमिटेड ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९९ रूपैयाँ ८० पैसादेखि अधिकतम २ सय ९९ रुपैयाँ ४ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ ९९ रूपैयाँ ८० पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २ सय ९९ रुपैयाँ ४ पैसा हुन्छ ।
प्रकाशित मिति : २५ माघ २०७९, बुधबार १२:२६












