२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एकाबिहानै ओली भेट्न बालकोटको बार्दली पुगे प्रधानमन्त्री प्रचण्ड

२५ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड एकाबिहानै एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि बालकोटको बार्दलीमा पुगेका छन । केहीदिन यता प्रचण्ड भेट्न ओली लगातार बालुवाटार धाइरहेका थिए ।

दुई नेताले एकआपसको अविश्वास हटाउनका लागि निरन्तर बसेर छलफल गरिरहेका छन । राष्ट्रपति निर्वाचन नजिकिदै गरेको सन्दर्भमा दुई नेताको बीचमा हुने र भैरहेका वार्ता र छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय प्रचण्ड र ओलीको बीचमा के कुरा भैरहेको छ भन्ने विषय उनीहरूको सचिवालय प्रष्ट ढंगले बताएको छैन ।

यद्यपी ओली र प्रचण्डले लामो यात्राका लागि राजनीतिक छलफलहरू चलाइरहेको बुझिएको छ । केहीदिनअघिको भेटमा प्रचण्डले ओलीलाई नै राष्ट्रपति बन्न प्रस्ताव गरेको र पार्टी एकता गरेर नयाँ पुस्तालाई कम्युनिस्ट पार्टीको अभियान हाँक्ने जिम्मेवारी दिन प्रस्ताव गरेको कुरा माओवादी बृत्तमा भुसको आगोसरी फैलिएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार ०९:४५