राष्ट्रपतिलाई फरिया उपहार
२५ माघ, काठमाडाैँ । बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई फरिया उपहार दिएकी छिन । मंगलबार काठमाडाैँ उपत्यकाका स्थानीय तहका प्रमुख र उपप्रमुखसँग अन्तरक्रिया गरेकी राष्ट्रपति भण्डारीलाई उपप्रमुख लामाले सो अन्तरक्रियाको भेटमा फरिया उपहार दिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन ।
उनले घरेलु सीप र श्रमको प्रवर्द्धनका लागि एक थान घरेलु फरिया उपहार दिएको बताएकी छिन । अनितले ट्वीटमा भनेकी छिन, ‘सम्माननीय राष्ट्रपतिज्यूले काठमाडौं उपत्यकाभित्रका नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरूसँग भेटघाट गर्नुभएको समयमा घरेलु सीप र श्रमको प्रवर्द्धनका लागि एक थान घरेलु फरिया सम्माननीय राष्ट्रपतिज्यूलाई दिन भ्याएँ । वहाँले खुशी र हौसला दिनुभयो । 🙏🇳🇵जय देश !’

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार ०८:३५












