सेयर बजारमा उछाल, ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
२४ माघ, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा उछाल आएको छ । पछिल्लाे केही दिन यता घटबढको उतारचढाव देखिएको बजारमा मंगलबार भने उत्साहाजनक सुधार देखिएकाे हाे ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७६.६४ अकंले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ । आज २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै लगानी समूह बढेकाे छ ।
यस दिन एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १२ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। वरुण हाईड्रोपावर, खानी खोला, राद्यी जलविधुत्, आदर्श लघुवित्त र रिदी पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन आईसीएफसी फाइनान्स डिबेञ्चरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ ।
प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १५:२०












