१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

दुर्इ अध्यक्ष भएर पनि नेतृत्वबिहीन बन्याे नेकपा, गुट निर्माणमा लाग्दा नेपालले पाएनन् जिम्मेवारी

१२ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुर्इ अध्यक्ष भएर पनि नेतृत्वबिहीन बनेको छ ।  बिहीबारदेखि नेकपाले कार्यवाहक अध्यक्ष पनि पाउन सकेको छैन । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल कार्यवाहक अध्यक्ष नतोकी विदेश भ्रमणमा निस्किएका हुन् ।
ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा छन् भने दाहाल पत्नी सीताको उपचारका लागि सिंगापुर गएका छन् ।

दुवै अध्यक्ष देशबाहिर हुँदासमेत पार्टीमा कार्यवाहक अध्यक्ष कसैलाई तोकिएन । यसअघि दुवै अध्यक्ष देशबाहिर हुँदा पार्टीमा तेस्रो वरीयताक्रममा रहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो । नेपालले पछिल्लो समय भागवण्डा खोज्दै हरेक विषयमा निहुँ खोज्न थालेपछि अोली  र दाहालले नेपाललार्इ कार्यवाहक समेत नदिएर असन्तुष्टि देखाएका छन ।

नेकपा स्थायी कमिटीका सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले दुवै अध्यक्ष विदेश गएपछि पार्टीको काम सचिवालयले हेर्ने बताएका छन । संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओली विदेश गएका कारण कार्यवाहक संसदीय दलको नेता आफू स्वत भएको उनले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार १९:२९