२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

आशा लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

२४ माघ, काठमाडाैं । आशा लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १०:२४