१ जेष्ठ २०८१, मंगलवार | Wed May 15 2024

शुक्रबारमा नाङ्गिएकी अाचार्यको चर्को अालोचना, कपडा उतारेर सुन्दरता देखाउने कि अरू केही ?


१२ असोज, काठमाडाैँ । नागरिकको शुक्रबार साप्ताहिक मार्फत कपडा उतारेर सुन्दरी बनेकी गायिका तथा मोडल  लक्षमी अाचार्य बलात्कारीको बिरोधलार्इ समेत छाँयामा पार्ने गरी चर्को अालोचनाको शिकार बनेकी छिन । धेरैजसो अालोचकले अाचार्य र पत्रिका दुबैको अालोचना गरेका छन । पत्रिका बेच्ने नाममा नारीहरूलार्इ नङ्ग्याउन गलत भएको प्रतिक्रिया दिएका छन ।

देशमा सेक्सका साइटहरू बन्द भएको साता नै शुक्रबारले अाचार्यको पुरै नङ्नतासहितको तस्बीर सुन्दरी शीर्षक राखेर सार्वजनिक गरेको छ । कतिपयले कुकुरको समेत इज्जत जाने भन्दै व्यांग्तमक रूपमा अालोचना गरेका छन । हामीले केही अोलचना यहाँ राख्ने कोशिश गरेका छाैँ ।

लेखक अभय श्रेष्ठले फेसबुकमा लेखका छन ‘नग्न शरीरमा कुकुरलाई काख लिएर तिस्बर खिचाउने लक्ष्मी अाचार्यलाई प्रहारकाे निशाना बनाउनुमा खास तुक छैन । अपराधी त केटीहरूलाई बिक्रीयाेग्य माल बनाउने याे व्यवस्था र यसका बफादार ड्राइभर, खलाँसी पत्रकारहरू हुन् । त्यो तस्बिर सेयर गर्दा हामीभित्र पनि महिलालाई बिक्रीयोग्य माल बनाउने मानसिकता थाहा नपाउनेगरी लुकेको छ भन्ने नभुलौँ है मित्रहरू !’

अभाले ट्वीटरमा लेखेकी छिन,  ‘पेटिकोट लगाएर बिरोध गर्दा छाडा र अश्लील भन्नेहरू यस्तो नङ्नतालाइ ग्ल्यामर भन्छ्न्! पोर्न साइड बन्द गर्दैमा यौनजन्य अपराधिक घटना समाप्त हुदैनन्,यस्ता अश्लील गतिबिधि गर्ने मिडियाहरूलाइ पनि कार्बाहि हुनुपर्छ जसले सिंगो जन मानसिकता नै यौनको बिकृतिमय खाडलतर्फ धकेल्न प्रोत्साहन गर्छ।’

महिला अधिकारकर्मी सावित्री सुवेदीले नाङ्गिने र नङ्ग्याउने दुबैलार्इ कारबाहीको माग गरकी छिन ।

 

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार १८:४५

https://srdb.com.np/