१८ पुष २०८२, शुक्रबार | Sat Jan 3 2026

नेपाली बैंकिङ क्षेत्रमा जबराको योगदान अतुलनीय र ऐतिहासिकः इमान

२२ माघ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर जबराको निधनप्रति आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले दु:ख प्रकट गरेको छ । एक बिज्ञप्ति जारी गर्दै इमानले जबराको निधनले आफ्नो संघ स्तब्ध भएको जनाउँदै दिबंगत आत्माको चीरशान्तिको कामनासमेत गरेको छ ।

नेपाली बैंकिङ क्षेत्रमा जबराको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताउँदै संघले शोकको घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ । जबराको आइतबार विहान उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार २०:४७