१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

आइतबार नेपाल लाइफ इन्स्योरेन्ससहित यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार

२२ माघ, काठमाडौं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । गत साताको अन्तिम कारोबारको दिन ओरालो लागेर बन्द भएको सेयर बजारमा यो साताको सुरुवातमा झिनो अंकले बढेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५४ अकंले बढेर २०९६.०८ बिन्दुमा बन्द भएको छ । आज २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको कारोबार भएको छ ।

यस दिन नेपाल लाइफ इन्स्योरेन्सकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआाइसी एशिया बैंकको ५ करोड ८५ लाख, नबिल बैंकको ५ करोड ७४ लाख, चिलिमे हाइड्रोपावरको ५ करोड ७ लाख र हिमालयन डिष्टिलरीको ४ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १५:२०