२१ अर्ब १० कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल साेमबार
२२ माघ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले २१ अर्ब १० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भाेलि सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनकाे अवधिकाे लागि ट्रेजरी बिक्री गर्न लागेको हो ।
बैंकले २८ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल फागुन २३ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनकाे अवधिकाे लागि ७ अर्ब १० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल वैशाख २६ गते परिपक्क हुनेछ ।
यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल साउन २३ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल माघ २३ गते परिपक्क हुनेछ ।
याे ट्रेजरी बिल भाेलि माघ २३ गते, साेमबार दिउँसो ३ बजे बोलकबाेल भएर माघ २४ गते, मंगलबार बिक्री हुने राष्ट्र बैंकले जनाएकाे छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १४:२३












