१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

छुट्ला है ! शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?

२२ माघ, काठमाडाैं ।  शुभम पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो। उक्त आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ।

त्यस्तै ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ११ हाजर ६१० कित्ता कर्मचारीलाई छुट्याएको छ । बाँकी ४ लाख ८१ हजार ८८२ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार आइपीओमा शुक्रबार दिउँसोसम्ममा ७ लाख ९३ हजार ७५ जना सर्वसाधारण आवेदकले ८९ लाख ८१ हजार ७४० कित्ताका लागि आवेदन दिएका छन्।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १०:०१