२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ला कि घुर्कीको म्याद थप्ला ? आज बैठक बस्दै

२२ माघ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे बस्ने रास्वपाले जनाएको हो । बैठकले सरकारमा सहभागिताबारे आवश्यक निर्णय गर्ने पार्टीका मुख्य सचेतक सन्तोष परियारले जानकारी दिएका छन ।

यस्तै बैठकले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने छ । उसअघि  शनिबारको बैठकले कुनै निर्णय गरेको थिएन । रास्वपाले गृह मन्त्रालयमा पार्टी सभपति रावि लामिछानेलाइ तत्काल नियुक्त गर्न माग गर्दै आएको छ । कानुनी रूपमा अड्चन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रविको प्रस्ताव अस्वीकार गर्दै आएका छन ।

रविले गृह नपाए सरकार छाड्ने भनेर एक सातादेखि घुर्की देखाउँदै आएका छन । उनले केही दिनअघि दुइ दिनका लागि भनेर दिएको समय आज सकिदैछ । लामिछाने नेतृत्वको पार्टीको बैठकले आज घुर्कीको म्याद थप्छ वा सरकार छाड्ने निर्णय गर्छ त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १०:०२