१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

नेप्सेमा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

२२ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत साता नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक, किसान लघुवित्त वित्तीय संस्था र सिभिल बैंकको सेयर सूचीकृत भएको हाे । नेप्सेमा यी कम्पनीकाे १ करोड २६ लाख ४६ हजार ५५६ कित्ता बोनस सेयर सूूचीकृत भएको हो ।

१) नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड

नेप्सेमा साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ४ प्रतिशत बाेनस बापतकाे ७३ लाख २३ हजार १६ दशमलव ५३ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

२) किसान लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्सेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ७ लाख ८५ हजार ६ सय १७ दशमलव ७५ कित्ता सेयर सूचिकृत भएको हो ।

३) सिभिल बैंक लिमिटेड

नेप्सेमा सिभिल बैंक लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे ४५ लाख ३७ हजार ९ सय २१ दशमलव ९५ कित्ता सेयर सूचिकृत भएकाे हाे । सिभिल बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। यी तीनै वटा कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार ०९:१६