नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर जबराकाे निधन
२२ माघ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर जबराकाे निधन भएको छ । स्वास्थ्यमा समस्यादेखिए पछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका जबराको उपचारकै क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन ।
आइतबार विहान ६:३० बजे जबराको निधन भएको पूर्वमन्त्री सुनिल थापाले जानकारी दिए । पहिलो गभर्नर जबरा पूर्व अर्थ सचिव समेत हुन् । उनी अर्थ सचिव हुँदाहुँदै पहिलो गभर्नरमा नियुक्त भएका थिए ।जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा समेत काम गरेका थिए ।
प्रकाशित मिति : २२ माघ २०७९, आईतवार ०८:४६












