९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

मर्जरको प्रस्ताव पारित गर्न सानिमा लाइफले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

२० माघ, काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभा बोलाएको छ। इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बिहिबार बसेको बैठकले विशेष साधारणसभा फागुन १२ गते कुन्डलिनी दरबार बैंक्वेट धुम्बाराही काठमाडौंमा बिहान ११ बजे बाेलाएकाे हाे ।

सभाले सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच आपसमा गाभिने विशेष प्रस्ताव पारित गर्नेछ। मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरन्स लिमिटेड रहने छ । दुई कम्पनीका बिचमा भएको डिडिएबाट १ः१ को रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनार्थ माघ २९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार १०:५४