९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब २६ करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्दै राष्ट्र बैंक

१९ माघ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब २६ करोड रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले क वर्गमा वाणिज्य बैंकमा १ अर्ब ८० करोड ८ लाख, ख वर्गका विकास बैंकमा ३३ करोड ९० लाख तथा ग वर्गका फाइनान्स कम्पनीमा ११ करोड ३० लाख लगानी गर्न लागेको हो । राष्ट्र बैंकले आफुले लिन चाहेको रकम र दिन सक्ने ब्याज सहित माघ २२ गते बेलुकासम्म प्रस्ताव पेश गर्न आग्रह गरेको छ । उक्त रकम २०७९ फागुन ४ गतेदेखि २०८० फागुन ५ गतेसम्म मुद्दती निक्षेपमा राख्ने राष्ट्र बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १७:५०